रौतहटमा १२ वटा सुँगुर चोरी शुक्रबार, वैशाख २८, २०८१

‘रक क्लाइम्बिङ’ गर्ने क्रममा लडेर एक जनाको मृत्यु शुक्रबार, वैशाख २८, २०८१ साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्ने क्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ।

संसदीय दलको बैठकमा ओलीको तर्क– स्वार्थ केन्द्रित भएर कांग्रेस रविको पछि लाग्यो शुक्रबार, वैशाख २८, २०८१ नेकपा एमालेले नेपाली कांग्रेसले स्वार्थ केन्द्रित भएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समितिको माग गरेको तर्क अघि सारेको छ। शुक्रबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस प्रतिरोधी भएर लामिछानेको पछि लागेको बताए।
-1714474494.jpg)
नक्कली नोटसहित ६ जना पक्राउ शुक्रबार, वैशाख २८, २०८१ नक्कली नोटसहित देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्।

आगलागीबाट ५ वर्षमा साढे ९ अर्बको क्षति शुक्रबार, वैशाख २८, २०८१ आगलागीका कारण पछिल्लो ५ वर्षमा साढे ९ अर्ब बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआएम) का अनुसार आगलागीका कारण बस्तीलगायतका संरचनामा क्षति पुग्दा ९ अर्ब ४७ करोड ४५ लाख ९३ हजार दुई सय २७ बराबरको आर्थिक क्षति भएको छ।

रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो: कांग्रेस शुक्रबार, वैशाख २८, २०८१ नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ।संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्।
-1714474494.jpg)
नेपालीलाई अमेरिका र क्यानडा पठाइदिने प्रलोभनमा पारी केन्या पुर्याएर अलपत्र पार्ने गिरोह पक्राउ, ५ करोड ठगेको आरोप शुक्रबार, वैशाख २८, २०८१ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री शुक्रबार, वैशाख २८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

‘मिस पिंक २०२४’ को फाइनल जेठ ३ गते हुने शुक्रबार, वैशाख २८, २०८१ ‘मिस पिंक २०२४’ को फाइनल आगामी जेठ ३ गते बिहीबार काठमाडौंमा हुने भएको छ।‘ट्रान्स वुमन’हरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको छ।

तोलामा २३ सयले बढ्यो सुनको मूल्य शुक्रबार, वैशाख २८, २०८१ शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ३ सयले वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो।

काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला शुक्रबार, वैशाख २८, २०८१ काभ्रेको पाँचखाल नगरपालिका—१ मा विभत्स अवस्थामा शव फेला परेको छ। पाँचखाल नगरपालिकाको जिरोकिलो भन्ने ठाउँ नजिकै रुखमा बाँधेको अवस्थामा शव फेला परेको हो। शरिरका सबै भाग पूर्र्ण रुपमा जलेका शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए।‘रुखमा बाँधिएको र शरिरका सम्पूर्ण भाग जलेको...

संसद्मा गृहमन्त्री लामिछाने बोल्दा कांग्रेसले अवरोध नगर्ने शुक्रबार, वैशाख २८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को आजबाट सुरु हुने बजेट अधिवेशनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ। यसअघिका बैठकहरुमा गृहमन्त्री लामिछानेले बैठकमा बोल्न खोज्दा अवरोध गरेको कांग्रेसले आज भने अवरोध नगर्ने भएको हो। आज बसेको कांग्रेस संंसदीय दलको बैठकमा सो विषयमा छलफल भएको थियो।

एमाले संसदीय दलको बैठक बस्दै शुक्रबार, वैशाख २८, २०८१ सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ः४५ बजे संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार बैठकमा आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन र समसायिक राजनीतिक विषयमा छलफल हुनेछ।









