News Griha :: न्यूजगृह
नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं— नक्कली नोटसहित देशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्। 

प्रहरीले मकवानपुर, कैलाश गाउँपालिका–९ कुवापानी बस्ने १८ वर्षीय किशोरलाई नेपाली १ हजार दरको १२ थान नक्कली नोटसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Prabhu Bank

किशोरले सोही ठाउँस्थित किराना पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौँडा उपमहानगरपालिका–१४ घर भई सोही उपमहानगरपलिका–४ हुप्राचौर डेरा गरी बस्ने ३४ वर्षीय सुनिल ढुंगानाको कोठाबाट नेपाली एक हजार दरको ४३ थान नक्कली नोट फेला पारी सुनिल, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २१ वर्षीय सोमराज थोकर, २८ वर्षीय अजित अर्याल र १८ वर्षीय किशोरलाई समेत बिहीबार प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै मोरङ, रंगेली नगरपालिका–९ दोहमनाबाट नेपाली पाँच सय दरको १८ थान नक्कली नोटसहित सुनवर्षी नगरपालिका–५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको  हो।

पक्राउ परेकोहरुको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:२८
Weather Update