News Griha :: न्यूजगृह
दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश
दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार गण्डकी प्रदेशको विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद्का २५ निर्णय
यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद्का २५ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल घटनामा मारिएका ६ नेपालीको शव विमानस्थलबाट सम्बन्धित ठाउँमा पठाउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
रविको गगनलाई चुनौती- निवेदन दिएर सहकारीबाट ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु
रविको गगनलाई चुनौती- निवेदन दिएर सहकारीबाट ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिए। उनले प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन्। उनले संसद्मा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाई लाई संसदबाट जवाफ दिन खोजेको बताए। 
त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ लिम्बूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो। उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन्।आजको दोस्रो बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए...
कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाट रोक्यो, संसद्मा नाराबाजी जारी
कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाट रोक्यो, संसद्मा नाराबाजी जारी नाराबाजीका बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।
तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै
तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो। 
कांग्रेसको अवरोधपछि संघीय संसद्को दुवै सदन प्रभावित, राष्ट्रिय सभा बैठक जेठ १ गतेसम्म सर्‍यो 
कांग्रेसको अवरोधपछि संघीय संसद्को दुवै सदन प्रभावित, राष्ट्रिय सभा बैठक जेठ १ गतेसम्म सर्‍यो  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोधका कारण संघीय संसद्का दुवै सदनको बैठक प्रभावित भएको छ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानको विषयमा छानबिन गर्न समिति माग गर्दै कांग्रेसले विरोध जनाउँदै आइरहेको छ। जसको कारण आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित भएको हो। 
कोशी सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 
कोशी सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार  कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा कोशीका निर्वतनमा मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सुनुवाइ भएको थियो। न्यायाधीश फुयालको एकल इजलासले आगामी जेठ ९ गते अर्को सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ।  
‘रामायण’मा अधिकारलाई लिएर विवाद
‘रामायण’मा अधिकारलाई लिएर विवाद अभिनेता रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ यतिबेला कानुनी झमेलामा परेको छ। नितेश तिवारीको निर्देशन रहेको फिल्मको निर्माण कम्पनीबीच कानुनी विवाद सुरु भएको छ।
चौँरी घोडा नाच र ‘होम स्टे’ मार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ
चौँरी घोडा नाच र ‘होम स्टे’ मार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास) र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन्।गोरखा जिल्लाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारबाट सुरु हुने धादिङको गङ्गाजमुना गाउँपालिकास्थित ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नं ६ बसेरीमा भैँसेगाउँ छ।
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको  आरोपमा एक जनालाई पक्राउ गरेको छ।
Weather Update