News Griha :: न्यूजगृह
कोशी सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

काठमाडौं— कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा कोशीका निर्वतनमा मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सुनुवाइ भएको थियो। 

Prabhu Bank

न्यायाधीश फुयालको एकल इजलासले आगामी जेठ ९ गते अर्को सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ।  
उक्त दिन दुवै पक्षलाई बोलाउन आदेश दिइएको छ। 

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि निवर्तमान मुख्यमन्त्री कार्कीले त्यसको विरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। आफू पदमा बहाल हुँदाहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरिएको भन्दै त्यसको बदर माग गर्दै आफैँ नेतृत्वको सरकारको निरन्तरता माग गरेका थिए। 

प्रदेश प्रमुखको आह्वान अनुसार बिहीबार दाबी पेस गरेका नेकपा एमालेका हिक्मतकुमार कार्की बिहीबार नै मुख्यमन्त्री बनेका छन्। सर्वोच्चको आदेशसँगै तत्कालका लागि उनको कामलाई कुनै अवरोध नहुने भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:३२
Weather Update