कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित शुक्रबार, वैशाख २८, २०८१

संसद्मा अवरोध खडा गर्दै कांग्रेसले भन्यो– प्रतिपक्षीको प्रश्नको घाँटी निमोठियो शुक्रबार, वैशाख २८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको मागलाई अघि सार्दै शुक्रबार पनि संसद् बैठकमा अवरोध कायमै राखेको छ। आजबाट संसद्को बजेट अधिवेशन सुरु भएको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने यसअघिको मागलाई निरन्तरता दिएको...
-1715339816.jpg)
ढिला गरी सुरु भयो संसद् बैठक, कांग्रेसको अवरोध कायमै शुक्रबार, वैशाख २८, २०८१ निर्धारित समयमा २ घण्टा ढिला संसद्को बजेट अधिवेशन सुरु भएको छ। शुक्रबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडानलाई कायमै राख्दा बैठक अन्योल बनेको थियो।
-1715336280.jpg)
पशुपति क्षेत्रमा समेत राजनीति हुनु दुर्भाग्यपूर्णः मन्त्री तामाङ शुक्रबार, वैशाख २८, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति जस्तो धार्मिक क्षेत्रमा पनि राजनीति हुनु दुःखद रहेको बताएका छन्। शुक्रबार काठामाडौंमा आयोजित पशुपति क्षेत्र विकास कोषको ३८औँ वाषिकोत्सव समारोहमा बोल्दै उनले अहिलेसम्म देशलाई अगाडि बढ्न नदिने र प्रगतीको बाधकको रुपमा गैर राजनीतिक क्षेत्रमा राजनीति हाबी भएको बताए।

बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान शुक्रबार, वैशाख २८, २०८१ बागमती प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन शुक्रबार, वैशाख २८, २०८१ नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२ जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।
कांग्रेसको अडानले अन्योलमा संसद् बैठकः जुटेन सहमति, पुनः छलफल हुँदै शुक्रबार, वैशाख २८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन सुरु हुन ढिलाइ भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कांंग्रेसले कायमै राखेको छ। शुक्रबार कार्य व्यवस्था तथा परामर्श समितिको बैठक अघि सभामुख देवराज घिमिरेले कांग्रेससँग छलफल...

भ्रष्टाचार आरोपमा पक्राउ परेका केजरीवाल अन्तरिम जमानतमा रिहा शुक्रबार, वैशाख २८, २०८१ भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ।
-1696254918.jpg)
जलाधार व्यवस्थापन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर शुक्रबार, वैशाख २८, २०८१ कैलालीको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता शुक्रबार, वैशाख २८, २०८१ भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको सरकारले भारतीय सैनिक फिर्ताको लागि १० मेसम्मको समयसीमा तोकेको थियो। गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जुको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो।

भेरी नदीमा ट्रयाक्टर खस्यो: २ जनाको मृत्यु, ३ घाइते शुक्रबार, वैशाख २८, २०८१ रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्रयाक्टर खस्दा दुई जनाको मृत्यु भएको छ। उक्त ट्रयाक्टर दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्।

पार्टी फुटे पनि सरकारलाई कुनै असर गर्दैनः यादव शुक्रबार, वैशाख २८, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फुटले सरकारलाई कुनै असर नगर्ने बताएका छन्।

सभामुखसँग कांग्रेसको छलफल चल्दै, संसद् बैठक बस्न ढिलो हुने शुक्रबार, वैशाख २८, २०८१ आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन निर्धातिर समयमा सुरु नहुने भएको छ। २ बजेका लागि संसद् बैठक बोलाइए पनि अझैसम्म कार्य व्यवस्था तथा परामर्श समितिको बैठक समेत बस्न सकेको छैन। अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख देवराज घिमिरेबीच छलफल चलिरहेको छ। यसअघि जस्तै प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले...









