भ्रष्टाचार आरोपमा पक्राउ परेका केजरीवाल अन्तरिम जमानतमा रिहा

काठमाडौं— भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ।
उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो।
उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १५:१७