News Griha :: न्यूजगृह
भेरी नदीमा ट्रयाक्टर खस्यो: २ जनाको मृत्यु, ३ घाइते 

रुकुमपश्चिम— रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्रयाक्टर खस्दा दुई जनाको मृत्यु भएको छ। 

उक्त ट्रयाक्टर दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। 

Prabhu Bank

आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर शुक्रबार दिउँसो भेरी नदीमा खसेको  हो। दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक  आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। 

दुर्घटनामा घाइते तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ। घाइतेको पहिचान खुल्न सकेको छैन। 

ट्रयाक्टर सडकदेखि एक सय ५० मिटर तल भेरी नदीमा खसेको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:५६
Weather Update