जलवायु परिवर्तनको असर– बरफमा परिणत हुँदैछन् हिमनदी शुक्रबार, वैशाख २८, २०८१

कांग्रेसको संसदीय दलको बैठक जारी शुक्रबार, वैशाख २८, २०८१

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, १० महिनामा २१ गैँडा मरे शुक्रबार, वैशाख २८, २०८१ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्। चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज शुक्रबार, वैशाख २८, २०८१ प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सल्यानको दार्मा गाउँपालिकामा सार्वजनिक बिदा शुक्रबार, वैशाख २८, २०८१ दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट आउन लागेका हुन्। उनी ११ बजे अवतरण हुने कार्यतालिका छ।

जसपा फुटले मधेस सरकार सङ्कटमा शुक्रबार, वैशाख २८, २०८१ सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेस प्रदेश सरकार सङ्कटमा परेको छ। मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन्। अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेसमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन्।

बर्डफ्लु मानिसबाट मानिसमा सर्ने सम्भावना कति?, के भन्छ डब्लूएचओ? शुक्रबार, वैशाख २८, २०८१ विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ। हाल एच ५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको पनि डब्लूएचओले जनाएको छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढ्छ। संयुक्त राष्ट्र संघले यो भाइरस र सङ्क्रमणका...

करिब एक करोड रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ, हुन्डी कारोबारी रहेको आशंका शुक्रबार, वैशाख २८, २०८१ दरबारमार्गबाट प्रहरीले ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना पुरुष छन्। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ।
![अमेरिकी डलर र पाउन्डको मूल्य घट्यो, अरुको के भयो? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
अमेरिकी डलर र पाउन्डको मूल्य घट्यो, अरुको के भयो? [सूचीसहित] शुक्रबार, वैशाख २८, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ।

डढेलोले रामेछापको ४ हजार ५ सय हेक्टर वन सखाप शुक्रबार, वैशाख २८, २०८१ एक महिनामा जिल्लाका ८ वटा स्थानीय तहका १५५ स्थानमा डढेलो लाग्दा ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ।सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ।उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ।...

कैलालीमा शुक्रबार साँझदेखि भारतीय सीमा नाका बन्द शुक्रबार, वैशाख २८, २०८१ भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।

पञ्जाबामाथि आरसीबीको ६० रनको सानदार जित शुक्रबार, वैशाख २८, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकालेको छ। गएराति भएको खेलमा बेंगलुरुले पञ्जाबामाथि ६० रनको सानदार जित निकालेको हो। बेंगलुरुले दिएको २४२ रनको लक्ष्य पछ्याएको लखनउ १८१ रन बनाएर १७ ओभरमा अल आउट भयो।

संसद् बैठक अघि आन्तरिक छलफलमा कांग्रेस शुक्रबार, वैशाख २८, २०८१ नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्ने भएको छ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८:३० बजेका लागि तय गरिएको छ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ।


-1715316992.jpg)






