News Griha :: न्यूजगृह
कैलालीमा शुक्रबार साँझदेखि भारतीय सीमा नाका बन्द

कैलाली— भारतमा भइरहेको लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन्।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।

Prabhu Bank

जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए।

नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०७:२६
Weather Update