News Griha :: न्यूजगृह
पञ्जाबामाथि आरसीबीको ६० रनको सानदार जित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स  बेंगलुरु (आरसीबी)ले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकालेको छ। गएराति भएको खेलमा  बेंगलुरुले पञ्जाबामाथि ६० रनको सानदार जित निकालेको हो। बेंगलुरुले दिएको २४२ रनको लक्ष्य पछ्याएको लखनउ १८१ रन बनाएर १७ ओभरमा अल आउट भयो।

पञ्जाबका लागि रिली रोसोले सर्वाधिक ६१ रन बनाए। उनले २७ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै सशांक सिंहले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए भने जोनी बैर्स्टोले १६ बलमा ४ चौका र १ छक्का प्रहार गरी २७ रनको योगदान गरे।

Prabhu Bank

कप्तान साम करण १६ बलमा २ चौका प्रहार गरी २२ रन बनाएर आउट भए। ओपनर प्रवशिमरन सिंह ६ रनमा, जितेश शर्मा ५ रनमा, लियम लिभिङस्टोन शून्यमा, आशुतोश शर्मा ८ रनमा, अर्शदीप सिंह ४ रनमा र हर्षल पटेल शून्यमा आउट भए। ५ रन बनाएर राहुल चाहर नट आउट रहे।

पञ्जाबलाई अल आउट गर्ने क्रममा  बेंगलुरुका मोहम्मद सिराजले ३  तथा स्वप्निल सिंह, लकी फर्गुशन र कर्ण शर्माले २/२ विकेट लिए। पहिले ब्याटिङ गरेको  बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर २४१ रनको विशाल योगफल तयार गरेको थियो।

त्यसक्रममा ओपनर विराट कोहलीले ९२ रन बनाए। उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। रजत पाटीदारले २३ बलमा ३ चौका र ६ छक्का प्रहार गरी ५५ रन जोडे। क्यामरून ग्रीनले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४६ रनको योगदान दिए। दिनेश कार्तिकले ७ बलमा १ चौका र २ छक्का प्रहार गरी १८ रन बनाए। कप्तान फाफ डु प्लेसिस ९ रनमा आउट भएका थिए।

बलिङतर्फ पञ्जाबका हर्षल पटेलले ३ विकेट, विद्वथ काभेरप्पाले २ तथा अर्शदीप सिंह र साम करणले १र१ विकेट लिए। लिग चरणका दुई खेल बाँकी रहँदा  बेंगलुरु १० अंक जोडेर सातौँ स्थानमा छ। पञ्जाब ८ अंकसहित नवौं स्थानमा छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०७:१०
Weather Update