News Griha :: न्यूजगृह
भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सल्यानको दार्मा गाउँपालिकामा सार्वजनिक बिदा

सल्यान— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उद्घाटन गर्न सल्यान आउँदैछन्।

दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट आउन लागेका हुन्।

Prabhu Bank

उनी बिहान ११ बजे अवतरण हुने कार्यतालिका छ।

प्रधानमन्त्री आउँदा दार्मा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरूमा बिदा दिइएको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:३६
Weather Update