News Griha :: न्यूजगृह
करिब एक करोड रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ, हुन्डी कारोबारी रहेको आशंका 

 काठमाडौं— दरबारमार्गबाट प्रहरीले ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दुई जना पुरुष छन्। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ।  

गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद रकम हुन्डीको भएकोसमेत अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। 

यद्यपि, प्रहरी अनुसन्धान जारी छ। 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०८:४०
Weather Update