News Griha :: न्यूजगृह
डढेलोले रामेछापको ४ हजार ५ सय हेक्टर वन सखाप

रामेछाप— एक महिनामा जिल्लाका ८ वटा स्थानीय तहका १५५ स्थानमा डढेलो लाग्दा ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ।

सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ।

Prabhu Bank

उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन्।

यो वर्ष डढेलोमा परी दुईजनाले ज्यान गुमाइसकेका छन्।

यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ। वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०८:००
Weather Update