News Griha :: न्यूजगृह
जलाधार व्यवस्थापन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं— कैलालीको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

गत बैशाख ५ गते पाललाई सेवाग्राहीसँग १ लाख २० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो।

Prabhu Bank

शुक्रबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेका थिए।   

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्‍य कार्य भएको देखिएकोले ठहर गर्दै १ लाख २० हजार बिगो कायम गरी बिगो अनुसारकै जरिवानासहित भ्रष्टाचार मुद्दा दायर गरिएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:१२
Weather Update