News Griha :: न्यूजगृह
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्ष स्थानमा उक्लियो
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्ष स्थानमा उक्लियो म्यानचेस्टर सिटीको जितमा जोस्को गभारडिओलले २ गोल गरे। फिल फोडेन र जुलियन अल्भारेजले एकएक गोल गरेका थिए। खेलको ९५औं मिनेटमा फुलह्यामका इस्सा डिओपले रातो कार्ड पाएका थिए।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नै हुन्न?, यस्तो छ विगतको अभ्यास
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नै हुन्न?, यस्तो छ विगतको अभ्यास यतिबेला संसदीय छानबिन समिति बनाउनु पर्छ र बनाउनु हुँदैन बहस चर्को छ। गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ, सत्ता गठबन्धन त्यो मान्न तयार छैन। यसले संसद्को नियमिततामै गतिरोध ल्याएको छ।खास प्रकारका घटना, विवाद र बहसबीच समितिहरू...
दाङको घोराहीमा दुई महिलाको हत्या, अटो चालक पक्राउ
दाङको घोराहीमा दुई महिलाको हत्या, अटो चालक पक्राउ दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका–१० पहेलपारमा रूकुमका ५० वर्षीया जुतली बुढा र सुर्खेतका ४४ वर्षीया संगीता सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए। 
ऋषभ पन्तलाई आईपीएलको एक खेलबाट निलम्बन
ऋषभ पन्तलाई आईपीएलको एक खेलबाट निलम्बन इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो। राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो।
रातो मछिन्द्रनाथ रथ तान्न सुरू
रातो मछिन्द्रनाथ रथ तान्न सुरू पुल्चोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्‍याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो।
डा . गोविन्द केसी फेरि अनशनमा
डा . गोविन्द केसी फेरि अनशनमा डा केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय निःशुल्क औषधि, उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने लगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाहीको माग अघि सारेका छन्। 
सहकारी प्रकरण: रवि भर्सेज गगन
सहकारी प्रकरण: रवि भर्सेज गगन गृहमन्त्री रवि लामिछाने भन्छन्, ‘प्रमाण देखाउ,’ नेपाली कांग्रेसका महामन्त्री गगन थापा भन्छन्, ‘लुकाई सक्यौ’। शुक्रबार बजेट अधिवेशनको पहिलो दिन हो। पूर्व सूचना अनुसार बैठक त सुरु भयो तर चलेन अर्थात् चल्न पाएन। सभामुख देवराज घिमिरेले बैठकलाई एक कदम पनि अघि बढाउन पाएनन्। औपचारिकता पूरा गर्न सदनलाई सुनाउनै पर्ने सूचना समेत...
संसद्को गतिरोध अन्त्य गर्न निरन्तर छलफल, प्रगति शून्य 
संसद्को गतिरोध अन्त्य गर्न निरन्तर छलफल, प्रगति शून्य  संसद्मा उत्पन्न गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादमा जुटेका छन्।समस्याग्रस्त सहकारीको रकम अपचलन बारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार सत्तारुढ नेकपा...
बाँकेमा झाडापखालाबाट २९ जना बिरामी  
बाँकेमा झाडापखालाबाट २९ जना बिरामी   अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ। झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताए। 
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु खमारीबाट तुल्सीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक २७ वर्षका जीवन घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।
रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं
रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्ता सम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन्।
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः अग्नि सापकोटा
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः अग्नि सापकोटा शनिबार धादिङबेँसीमा पत्रकारसँग प्रवक्ता सापकोटाले संसद्लाई सहमति पूर्वक सञ्चालन गरेर संसद्लाई जीवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिए। 
Weather Update