News Griha :: न्यूजगृह
रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्ता सम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन्।

रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न आग्रह गरेका छन् ।  

उनले भनेका छन्-

'अनेक गरिन्छ तर सत्ता जोगाइन्छ' वालाको संगतले पुर्याउने सत्ता सम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफूप्रति गरेको आशा गुमाउनु पर्छ । 'म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छु' वालाको संगतले पुर्याउने ओठेजवाफ सम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ।  

अघिल्लो स्टाटस लेखेको थिएँ - 'हिजो संसद्को रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरुङ र ज्ञानेन्द्रबहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शिता र कानूनीराज सिकाउँदैछन्। यो दृष्य दुखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ। आँखा खोलौँ।' पटक पटक लेख्छु, आँखा खोलौँ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:२४
Weather Update