News Griha :: न्यूजगृह
दाङको घोराहीमा दुई महिलाको हत्या, अटो चालक पक्राउ
प्रतीकात्मक तस्बिर।

काठमाडौं — दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ। 

घोराही उपमहानगरपालिका–१० पहेलपारमा रूकुमका ५० वर्षीया जुतली बुढा र सुर्खेतका ४४ वर्षीया संगीता सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए। 

‘बन्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको छ,’ उनले भने, ‘हत्यामा संलग्न एक व्यक्ति हाम्रो नियन्त्रणमा छन्।’

एसपी केसीका अनुसार उनीहरु भाडामा बस्दै आएका थिए। घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको केसीले बताए।

एसपी केसीका अनुसार हत्या आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन्। उनी पेसाले अटो चालक हुन्। 

दुई महिलाको हत्याको कारण खुलिनसकेको र घटना अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १९:२५
Weather Update