News Griha :: न्यूजगृह
रातो मछिन्द्रनाथ रथ तान्न सुरू

ललितपुर— वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न शनिबारबाट सुरू भएको छ।

पुल्चोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्‍याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ। रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ।

रथ यात्रा हेर्नका लागि सर्वसाधारणको भीड लागेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १८:११
Weather Update