दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

दाङ — तुल्सीपुर उपमहानगरपालिका ३ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
खमारीबाट तुल्सीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक २७ वर्षका जीवन घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।
साततले-खमारी भित्री सडकखण्डमा सडकबाट ३० मिटर तल खोलामा अटो खस्दा अटो चालक घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अटोमा चालक एक्लै सवार रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ १४:५५













