News Griha :: न्यूजगृह
राति सातै प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षा हुने प्रक्षेपण

काठमाडौं — गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति (शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म)  मौसम देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहने छ।

यसक्रममा राति मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्कादेखि माध्यम वर्षा हुने सम्भावना छ।

साथै राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार अहिले नेपालमा एकसाथ पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। सोही कारण यहाँ मौसम बदली र वर्षा भइरहेको हो।   

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २१:०५
Weather Update