News Griha :: न्यूजगृह
डा . गोविन्द केसी फेरि अनशनमा

काठमाडौं — डा गोविन्द केसीले पशुपति मृगस्थलीमा २२औं अनशन सुरु गरेका छन्। 

अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपरान्हदेखि डा केसी अनशनमा बसेका हुन्। 

डा केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय निःशुल्क औषधि, उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने लगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाहीको माग अघि सारेका छन्। 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १८:०२
Weather Update