News Griha :: न्यूजगृह
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः अग्नि सापकोटा

धादिङ — नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन्।

अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनले उल्लेख गरे।

शनिबार धादिङबेँसीमा पत्रकारसँग प्रवक्ता सापकोटाले संसद्लाई सहमति पूर्वक सञ्चालन गरेर संसद्लाई जीवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:११
Weather Update