News Griha :: न्यूजगृह
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौं— प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरका २४ वर्षीय  फुर्साङ रुम्बा रहेका छन्। उनलाई पक्राउ गरी प्रहरीको साइबर ब्यूरोले आज सार्वजनिक गरेको हो।

Prabhu Bank

वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमानसँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्बिर तथा भिडियो पीडितका साथीलाई पठाउने गरेका थिए। 

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले फेक एकाउण्ट बनाएर गोप्य अङ्ग देखिने तस्बिर तथा भिडियो पीडितका साथीहरुलाई पठाएको अभियोगमा रुम्बालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका रुम्बामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:५३
Weather Update