News Griha :: न्यूजगृह
रौतहटमा १२ वटा सुँगुर चोरी

रौतहट— रौतहटको कटहरिया नगरपालिका–४ बाट १२ वटा सुँगुर चोरी भएको छ। गएराति स्थानीय श्याम सुन्दर धनखारको खोर बाट एकदर्जन सुँगुर चोरी भएका हुन्। गएराति श्याम सुन्दरको छोरीको बिहेको अवसरमा मदिरासहितको भोजको आयोजना गरिएको थियो। 

आफन्त, कुटुम्बको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए। मध्यरातमा उनको घर भन्दा ५० मिटर पश्चिम रहेको खोरको ढोका फोडेर चोरले १० वटा ठूलो (८० किलो भन्दा बढी वजनको) गर्भवती सुँगुर र २ वटा २० किलो बराबर वजनको सुँगुर चोरी भएको हो।

Prabhu Bank

चोरी भएको सुँगुरको बजार मूल्य चारलाख २० हजार रुपैयाँ भन्दा बढी पर्न आउँछ। 

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ठ सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटना बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:१५
Weather Update