News Griha :: न्यूजगृह
तोलामा २३ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं— शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ३ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला  १ लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो। आजका लागि भने छापावाला सुन तोलामा १ लाख ३७ हजार ९ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 

Prabhu Bank

त्यस्तै, तेजाबी  सुन १ लाख ३७ हजार २ सय ५० निर्धारण भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा  ५० रुपैयाँले वृद्धि भएको छ। 

बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ६ सय ८५ मा कारोबार भएकामा आजका लागि भने १ हजार ७ सय ३५ निर्धारण भएको जनाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३०
Weather Update