News Griha :: न्यूजगृह
काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला 

काठमाडौं— काभ्रेको पाँचखाल नगरपालिका—१ मा विभत्स अवस्थामा शव फेला परेको छ।  

पाँचखाल नगरपालिकाको जिरोकिलो भन्ने ठाउँ नजिकै रुखमा बाँधेको अवस्थामा शव फेला परेको हो। 

शरिरका सबै भाग पूर्ण रुपमा जलेका शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए।

‘रुखमा बाँधिएको र शरिरका सम्पूर्ण भाग जलेको अवस्थामा शव फेला परेको छ,’ उनले भने। 

पुरुषको शव भन्ने चिनिए पनि अन्य पहिचान खुल्न नसकेको उनले बताए। उनका अनुसार कुकुरको परिचालन गरेर घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:२४
Weather Update