News Griha :: न्यूजगृह
नेपालीलाई अमेरिका र क्यानडा पठाइदिने प्रलोभनमा पारी केन्या पुर्‍याएर अलपत्र पार्ने गिरोह पक्राउ, ५ करोड ठगेको आरोप

काठमाडौं—  अमेरिका तथा क्यानडा पठाइदिने भन्दै १० जनाबाट ५ करोड रुपैयाँ लिइ ठगी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौं कपन बस्ने टासी शेर्पा, जोरपाटी बस्ने ४२ वर्षीय निम्बुटी शेर्पा र १९ वर्षीय निमा शेर्पा छन्। थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरी परिसर टेकुमा पठाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले बताए। 

उनीहरूले अमेरिका र क्यानडामा फुड प्याकिङको काम लगाइदिने भन्दै काठमाडौंबाट दुबई हुँदै केन्या पुर्याएर अलपत्र पारेको प्रहरीले जनाएको छ। उनीहरूले १० जना जनाबाट प्रतिव्यक्ति ५० लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:१५
Weather Update