News Griha :: न्यूजगृह
पतिको हत्या अभियोगमा पत्नी पक्राउ
प्रतीकात्मक तस्बिर।

काठमाडौं— दाङमा पतिको हत्या गरेको आरोपमा पत्नी पक्राउ परेकी छन्।

घोराही उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

Prabhu Bank

घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोधपुछ पछि होटीलाई पक्राउ गरेको हो। साथै सोधपुछको क्रममा उनीहरूबीच झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:४४
Weather Update