News Griha :: न्यूजगृह
अक्षय तृतीयाको दिन राशि अनुसार किन्नुहोस् यी वस्तु, माता लक्ष्मीको रहनेछ कृपा

काठमाडौं— वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा-विष्णु-महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।

पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ। गर्मीयाम भएकाले जौको सातु र सर्वत खादा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ।

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ। त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। ​भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ।

Prabhu Bank

शुक्रबार १ घडी ४९ पला अर्थात् बिहान ६ बजेर ३ मिनेटसम्म द्वितीया तिथि रहने र त्यसपछि तृतीया लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन्। ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुन्छ। राशिफल अनुसार यस दिन कुन कुन धातु किन्ने जानौँ;

मेष राशि
यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन सुन र तामाको धातु किन्नु पर्छ।

 वृष राशि
यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदी र सुनको सिक्का किन्नु पर्छ।

कन्या र मिथुन राशि
यी राशिका व्यक्तिहरूले अक्षय तृतीयाको दिन काँसाको धातु किन्नु पर्छ।

तुला र कर्कट राशि
यी राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदीको धातु किन्नु पर्छ।

सिंह राशि
ज्योतिष शास्त्र अनुसार सूर्यलाई ग्रहहरूको राजा र सूर्यलाई सिंह राशिको स्वामी मानिन्छ। अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले तामाको धातु किन्नुपर्छ।

वृश्चिक राशि
यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन तामाको धातु किन्नु पर्छ।

धनु राशि
अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले सुनसँगै काँसाको धातु किन्नु पर्छ।

मकर राशि
यस राशिका व्यक्तिका लागि स्टिल तथा फलामका सामान खरिद गर्नु शुभ मानिन्छ। यस बाहेक तपाई आफ्नो आवश्यकता अनुसार सुनका गहना पनि किन्न सक्नुहुन्छ। 

कुम्भ राशि
अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले फलामको धातु किन्नु पर्छ। यसबाहेक चाँदी र सुन धातु लिन सकिन्छ।

मीन राशि
अक्षय तृतीयाको दिन मीन राशिका व्यक्तिले काँसाको धातु किन्नु शुभ मानिन्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०६:३४
Weather Update