News Griha :: न्यूजगृह
पोखराको अमरसिंहचोकमा महिलामाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

कास्की— प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माका अनुसार घटनामा संलग्न कास्कीको मादी गाउँपालिका-९ स्थायी घर भइ हाल अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी-१२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका छन्।

Prabhu Bank

पक्राउ परेकाले पोखरा १०, अमरसिंहचोकमा भेटिएकी एक महिलालाई फकाएर खाजा खान जाऊँ भन्दै अमरसिंहचोक कै खेल मैदानमा रहेको ग १ ख ६५९५ नम्बरको बसमा पुर्‍याएका थिए।

घटना वैशाख २४ गते रातिको हो। बसमा पुर्‍याएपछि उनीहरुले ती महिलालाई बियर खुवाएको र सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ।

उनीहरुलाई २५ गते बिहान ४ बजेतिर वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूविरुद्ध सामूहिक बलात्कारको मुद्दाअन्तर्गत कारवाही अगाडि बढाइएको डीएसपी शर्माले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:५२
Weather Update