News Griha :: न्यूजगृह
भारतमा नेपाली युवकको शव फेला

डडेल्धुरा— भारतको कालुपुर रेल्वे स्टेसनमा डडेल्धुराका एक युवक मृत फेला परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर बिक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेसनमा बुधबार मृत फेला परेका हुन्।

Prabhu Bank

उनका आफन्तका अनुसार सागर अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेसनबाट हराएका थिए।

खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो कालुपुर रेलवे स्टेसनमा फेला परेको बताइएको छ।

परिवारले हत्याको आशंका गरेको छ। उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:०३
Weather Update