News Griha :: न्यूजगृह
जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं— महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

जलेश्वर नगरपालिका–१ स्थित बरुण पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यमा लागेको भन्दा बढी रकम निकाशा गराएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो। 

Prabhu Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले उनीहरुसहित १२ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

जसमा प्रमुख र उपप्रमुखसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैठौँ धिरेन्द्र झा, नगरपालिकाका वरिष्ठ इन्जिनियर पवन कुमार  झा, इन्जिनियर राकेश कुमार चौधरी, सव–इन्जिनियर दिपेश कुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी रहेका छन्। 

उनीहरुले पीपीसी ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेस तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६ सय ३७ बढी रकम भुक्तानी गरेका थिए। अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१) बमोजिमको कसुर ठहर गर्दै ५ लाख ८४ हजार ६ सय ३७ बिगो कायम गरि कैद र बिगो बमोजिमको जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:३०
Weather Update