News Griha :: न्यूजगृह
आईपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो मुम्बई

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनमा मुम्बई इन्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ। यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ।

अंक तालिकामा नवौँ स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकी रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो।

Prabhu Bank

अंक तालिकामा हाल कोलकाता र राजस्थानको १६–१६ अंक छ र क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै सनराइजर्स हैदराबादको १२ खेलमा १४ अंक छ र तेस्रो स्थानमा छ।

त्यस्तै चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टको १२–१२ अंक छ र क्रमशः चौथो, पाँचौं र छैटौँ स्थानमा छन्। चेन्नईले ११ खेल खेलेको छ भने दिल्ली र लखनउले १२–१२ खेल खेलेका छन्।

मुम्बईको नेट रन रेट पनि निकै कम छ। बाँकी दुई खेल जितेपनि मुम्बईका लागि प्लेअफमा पुग्न १२ अंक पर्याप्त हुनेछैन। मुम्बईले पछिल्लो पटक सन् २०२० मा पाँचौं आईपीएल ट्रफी जितेको थियो । 

त्यसबेलादेखि, मुम्बई पछिल्लो चार सिजनमा २०२३ मा मात्र प्लेअफमा स्थान बनाएको थियो। यस सिजनमा मुम्बईले हार्दिक पाण्ड्यालाई कप्तान बनाएपछि टिम एकजुट नरहेको र उनलाई बाँकी खेलाडीको सहयोग नरहेको विभिन्न रिपोर्टमा बताइएको थियो।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:२६
Weather Update