News Griha :: न्यूजगृह
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै इजलास स्थगित

काठमाडौं— सर्वोच्च अदालतका बिहीबारका सबै इजलास बन्द भएका छन्। 

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन्। 

उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए। पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा बिहीबार स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ। 

बिहीबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ।  

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:५१
Weather Update