News Griha :: न्यूजगृह
घरभित्रै वृद्धा मृत फेला, हत्या आशंका
घरभित्रै वृद्धा मृत फेला, हत्या आशंका झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन्।  ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत फेला परेकी हुन्।
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो। विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ।
कलंकीबाट बेपत्ता स्नेहा लामिछाने पशुपतिमा भेटिइन् 
कलंकीबाट बेपत्ता स्नेहा लामिछाने पशुपतिमा भेटिइन्  सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
सुनसरीबाट सशस्त्रले बरामद गर्‍यो एक क्विन्टल गाँजा
सुनसरीबाट सशस्त्रले बरामद गर्‍यो एक क्विन्टल गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति बर्जू गाउँपालिका–४ स्थित हसनपुर बाट उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो।
सरकारको नीति तथा कार्यक्रम वैशाख ३० गते
सरकारको नीति तथा कार्यक्रम वैशाख ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख ३० गते ल्याउने भएको छ। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। 
कांग्रेसले संसद्मा रविलाई बोल्न दिने, संसदीय छानबिनको माग भने यथावत्
कांग्रेसले संसद्मा रविलाई बोल्न दिने, संसदीय छानबिनको माग भने यथावत् संसद्मा गृहमन्त्रीलाई बोल्न दिने तर, संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको तयारी छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँग भेटघाट गर्दै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताए।
चुच्चे नक्साको कारण संसदीय समितिको दार्चुला भ्रमण स्थगित 
चुच्चे नक्साको कारण संसदीय समितिको दार्चुला भ्रमण स्थगित  दार्चुला जाने अन्तिम तयारीमा रहेको संसदीय समितिको भ्रमण अचानक स्थगित भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुने गरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन/अवलोकन भ्रमणको तयारी गरेको थियो। तर भ्रमणका लागि निर्धारित मिति पटकपटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट अधिवेशनको अवधिमा जाने...
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। बैठकमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए।  समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रिय सभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन्। पहिलोपटक ०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो। तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले गत चैत ४ मा अर्थ मन्त्रालयमार्फत राष्ट्रिय सभामा ऐनको पहिलो संशोधन...
कांग्रेसको बटमलाइन– छानबिन समिति बने संसद् चल्छ, नत्र चल्दैन 
कांग्रेसको बटमलाइन– छानबिन समिति बने संसद् चल्छ, नत्र चल्दैन  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समितिको मागलाई संसद्को आगामी अधिवेशनमा पनि कायमै राख्ने निष्कर्ष निकालेको छ। आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति गठन गर्नुपर्ने विषयमा छलफल भएको हो। 
कांग्रेसले सांसदहरुलाई प्रशिक्षण दिने 
कांग्रेसले सांसदहरुलाई प्रशिक्षण दिने  नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरुलाई संसदीय प्रक्रिया र भूमिकाबारे बृहत प्रशिक्षण दिने भएको छ।संसदको बजेट अधिवेशन सुरु हुनुभन्दा एकदिन अघि अर्थात बैशाख २७ गते बिहीबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 
सामुदायिक विद्यालयको दुर्दशाः फुटेको ३ वर्षसम्म पनि फेरिएन ‘ब्ल्याक बोर्ड’ 
सामुदायिक विद्यालयको दुर्दशाः फुटेको ३ वर्षसम्म पनि फेरिएन ‘ब्ल्याक बोर्ड’  दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को ब्ल्याक बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो। १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन। त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ। कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन्।  
दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने
दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ।
Weather Update