News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको दाँतमा समस्या 
प्रधानमन्त्रीको दाँतमा समस्या  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाँतमा समस्या देखिएको छ। निरन्तर दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार दिउँसो वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन्।
शेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीको कति भयो कारोबार? 
शेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीको कति भयो कारोबार?  साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको शेयर बजारमा मंगलबार सामान्य सुधार थियो। बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० बिन्दुमा बन्द भएको छ। कारोबार रकम भने भने हिजोका तुलनामा बढेको छ। 
कोशीमा नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले–माओवादीको पत्र
कोशीमा नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले–माओवादीको पत्र कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष आग्रह गरेका छन्।मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै आज एमाले–माओवादी संसदीय दलका नेताहरुले प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न माग गर्दै पत्र बुझाएका हुन्। 
भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भृकुटीमण्डप बजार क्षेत्रको निरीक्षण गरेकी छिन्। उनले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिइन्। 
संवैधानिक परिषद् सम्बन्धी विधेयकमा गठबन्धन दलहरुमै मदभेद
संवैधानिक परिषद् सम्बन्धी विधेयकमा गठबन्धन दलहरुमै मदभेद संवैधानिक परिषद् सम्बन्धी विधेयकमा सत्तारुढ गठबन्धन दलहरुबीच नै मतभेद देखिएको छ।  बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्ता गठबन्धन दलहरुबीच नै विधेयकबारे स्पष्ट अडान हुननसकेपछि समितिको अर्को बैठकमा यसबारे निर्णय हुने भएको छ। 
सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौं महानगरपालिका
सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौं महानगरपालिका काठमाडौं महानगरपालिकाले तथ्यांक र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ। नियमन क्षेत्राधिकार अन्तर्गतका  प्रतिनिधिहरुलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको छ।  
झापामा घरभित्रै वृद्धा मृत अवस्थामा फेला, हत्याको आशंका 
झापामा घरभित्रै वृद्धा मृत अवस्थामा फेला, हत्याको आशंका  झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन्।  ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन्। मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन्। 
अमेरिका पठाइदिने भन्दै १ करोड बढी ठगी गर्ने चौधरी पक्राउ 
अमेरिका पठाइदिने भन्दै १ करोड बढी ठगी गर्ने चौधरी पक्राउ  प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
कोशी प्रदेशः बैठक बोलाउन अटेर गरेपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको अर्को पत्र 
कोशी प्रदेशः बैठक बोलाउन अटेर गरेपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको अर्को पत्र  कोशी प्रदेश सरकारले प्रदेश अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई अर्को पत्र पठाएको छ। बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी जेठ ११ गते कोशी प्रदेशको अधिवेशन बोलाउन आग्रह गर्दै अर्को पत्र पठाएको हो। यसअघि २०८० साल बैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख...
‘सरकारले वेवास्ता गरे फेरि आमरण अनशन’
‘सरकारले वेवास्ता गरे फेरि आमरण अनशन’ नागरिकको अन्तिम अभिभावक राज्य हो र उनीहरूको जीवन रक्षा गर्ने न्यूनतम दायित्व पनि राज्यकै हो।
शपथपछि सुहाङले भने– बुबाले देखाएको इमानको बाटोमा सबैसँग सहकार्य गरेर अघि बढ्छु 
शपथपछि सुहाङले भने– बुबाले देखाएको इमानको बाटोमा सबैसँग सहकार्य गरेर अघि बढ्छु  नेकपा एमालेका सांसद् सुहाङ नेम्वाङले आफ्ना बुबा स्वर्गीय सुवास नेम्वाङले देखाएको इमानको बाटोमा अडिग भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।बुधबार पद तथा गोपनियताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले आफ्ना बुबाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै विकासका लागि अघि बढ्ने बताए। 
वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु
वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुडिन्छ। वर्षभरि खाने अन्न र तरकारीबाली जङ्गली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका—१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छिन्।
Weather Update