काठमाडौंको चन्द्रागिरिमा आज सार्वजनिक बिदा बुधबार, वैशाख २६, २०८१

रफाह सीमा इजरायलको कब्जामा बुधबार, वैशाख २६, २०८१ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको पछिल्लो युद्धविराम प्रस्तावले इजरायलको आवश्यक मागलाई विचार नगरेको बताएका छन्। उनले बन्धकहरूलाई फिर्ता गर्न गाजामा धेरै सैन्य दबाब रहेको बताए। इजरायलका रक्षामन्त्री योभ गालान्टले बन्धकहरूलाई मुक्त गर्ने वार्ता असफल भएमा रफाहमा कडा सैन्य आक्रमण गर्ने बताएका छन् ।

म्याग्दीको विकट खतेन गाउँमा पुग्यो बिजुली बुधबार, वैशाख २६, २०८१ नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो। मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन्।

वनमा आगो लगाउने २ जना पक्राउ बुधबार, वैशाख २६, २०८१ वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो।

राजस्थानविरुद्धको खेलमा दिल्ली २० रनले विजयी बुधबार, वैशाख २६, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको हो।

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल बुधबार, वैशाख २६, २०८१ पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै छ।पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए।

सुहाङ नेम्वाङले सांसद पदको शपथ ग्रहण गर्दै बुधबार, वैशाख २६, २०८१ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले बुधबार शपथ ग्रहण गर्दै छन्।सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्।शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको संसद् सचिवालयले जनाएको छ।

कहाँ कहाँ छ वर्षाको सम्भावना? बुधबार, वैशाख २६, २०८१ आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराईका एकदुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन बुधबार, वैशाख २६, २०८१ मनुस्मृतिमा ‘सहस्र तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ। महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो चीज के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’ काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा यो दिन आमाको सम्झना गर्ने घुइँचो लाग्छ। आमा...

स्रोत नखुलेको १३ लाख रुपैयाँसहित युवक पक्राउ मंगलबार, वैशाख २५, २०८१ वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकललाई सुरक्षा जाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २८ वर्षीय पटेलको साथबाट स्रोत नखुलेको रकम फेला परेको हो।

सत्तामै रहने एकीकृत समाजवादीको निष्कर्ष मंगलबार, वैशाख २५, २०८१ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको सचिवालय बैठकले सरकारमा पार्टी सहभागितालाई निरन्तरता दिने निर्णय गरेको हो।
-1713191820.jpg)
सन्दीपको भावुक स्टाटस: धेरै समय मौन बसेँ, तर कति सहनु... मंगलबार, वैशाख २५, २०८१ बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेले फेरि एकपटक आफू निर्दाेष रहेको आफूलाई फसाइएको जिकिर गरेका छन्।

अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ मंगलबार, वैशाख २५, २०८१ अमेरिका पढाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नगरपालिका–२ का ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो।









