रुखले थिचेर एक जनाको मृत्यु मंगलबार, वैशाख २५, २०८१

सहकारी ठगी प्रकरणबारे गृहमन्त्री लामिछाने भन्छन्– एकैपटक मान्छेलाई थुन्न खोज्ने? मंगलबार, वैशाख २५, २०८१ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार सहकारी पीडितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्। आज सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू जोडिएको सहकारी अनियमिततालाई लिएर उठेको प्रश्नमा संसदीय समिति नचाहिने बरु आफूले सदनमा जवाफ दिन पाउनुपर्ने बताए।
चिनीको मूल्यमा स्थिरता कायम गर्न माग मंगलबार, वैशाख २५, २०८१ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ।

सभामुख घिमिरेको तर्क– संसद्को आगामी अधिवेशन बिना अवरोध चलाउने बाटो खुल्यो मंगलबार, वैशाख २५, २०८१ संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका सभामुख देवराज घिमिरेले अबको अधिवेशन रोकतोक बिना अगाडि बढाउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको बताएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार भएको छलफलमा उनले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसदलाई अगाडि बढाउन सबैको प्रभावकारी भूमिका रहने भन्दै त्यो बाटो खुलेको बताए।

शेयर बजारमा झिनो सुधार मंगलबार, वैशाख २५, २०८१ साताका दुई दिन लगातार दोहोरो अंकले घटेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ बिन्दुमा रह्यो। ५० लाख ६४ हजार ३८ कित्ता शेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ। अन्तिम समयमा लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढ्दा बजार परिसूचक सकारात्मक...

वर्षाले केही घट्यो वायु प्रदूषण मंगलबार, वैशाख २५, २०८१ मुलुकका विभिन्न स्थानमा सोमबारदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांक अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ।वायु गुणस्तर सूचकांक (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय...

आगामी संसद् बैठकमा बोल्न पाउँ भन्दै गृहमन्त्रीले लेखे सभामुखलाई पत्र मंगलबार, वैशाख २५, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्को आगामी अधिवेशनमा आफ्ना धारणा राख्न पाउँ भन्दै सभामुखलाई पत्र लेखेका छन्।यसअघिको अधिवेशनका बैठकहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको विषय जोड्दै गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्नबाट रोकेको थियो।गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसले आगामी...
-1715075666.jpg)
समितिले माग्यो रक्षा मन्त्रालयसँग जवाफ मंगलबार, वैशाख २५, २०८१ राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले रक्षा मन्त्रालयसँग राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे जवाफ माग गरेको छ।
-1715065066.jpg)
सभामुखसँगको छलफलमा कांग्रेसको अडान कायमै- छानबिन समिति नभइ मान्दैनौँ मंगलबार, वैशाख २५, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडानलाई कायमै राखेको छ। आज सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलमा कांग्रेसले आफ्नो अडान कायमै राखेको हो। यसअघिको संसद् बैठकहरुमा कांग्रेसले सहकारी ठगी प्रकरणमा वर्तमान गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लगाउँदै छानबिन समितिको...

दैलेखमा आगलागी मंगलबार, वैशाख २५, २०८१ दैलेख बजारमा आगलागी भएको छ। दैलेख बजारको हाइस्कुल चोकको एक मोटरसाइकल ग्यारेजबाट आगो अन्य पसलहरुमा समेत सल्किएको छ। ग्यारेजबाटसँगै रहेको फेन्सी स्टोरमा सल्किएको आगोले धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले न्यूजगृहलाई जानकारी दिए। ‘हाइस्कुल चोकको एक मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो सँगै रहेको फेन्सीमा समेत लागेको...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई मन्त्रालयको निर्देशन मंगलबार, वैशाख २५, २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गरे।
-1715070667.jpg)
सरकारले ‘भेप’मा प्रतिबन्ध लगाउँदै मंगलबार, वैशाख २५, २०८१ सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ।

गण्डकी प्रदेशका सभामुखविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट दायर मंगलबार, वैशाख २५, २०८१ गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३० मत रहँदा सभामुख धितालले बहुमत पुगेको र मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्ने भएपनि सभामुखले ३० मतमा नै बहुमत पुगेको दाबी...









