News Griha :: न्यूजगृह
दैलेखमा आगलागी 
सांकेतिक तस्बिर

काठमाडौं— दैलेख बजारमा आगलागी भएको छ। 

दैलेख बजारको हाइस्कुल चोकको एक मोटरसाइकल ग्यारेजबाट आगो अन्य पसलहरुमा समेत सल्किएको छ। 

Prabhu Bank

ग्यारेजबाटसँगै रहेको फेन्सी स्टोरमा सल्किएको आगोले धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले न्यूजगृहलाई जानकारी दिए।  

‘हाइस्कुल चोकको एक मोटरसाइकल ग्यारेजबाट सल्किएको आगो सँगै रहेको फेन्सीमा समेत लागेको छ,’ उनले भने। 

अहिले दमकलको प्रयोग गरेर आगो निभाउने काम भइरहेको उनले बताए। साथै के कारणले आगो लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:४५
Weather Update