News Griha :: न्यूजगृह
काठमाडौंमा वर्षा, देशभर कहाँ–कहाँ पर्दैछ पानी? 
काठमाडौंमा वर्षा, देशभर कहाँ–कहाँ पर्दैछ पानी?  काठमाडौं उपत्यकाका केही स्थानसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसो काठमाडौंको पश्चिम र दक्षिणी स्थानमा वर्र्षा भइरहेको हो। 
बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्थ, काठमाडौं ल्याइँदै 
बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्थ, काठमाडौं ल्याइँदै  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ।  मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि त्यसतर्फ जाने क्रममा अस्वस्थ भएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ। 
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग सभामुखको छलफल जारी 
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग सभामुखको छलफल जारी  सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ। केहीबेरअघि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। संसद्को आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुसँग छलफल गरेका हुन्। 
रास्वपाको निष्कर्ष– सहकारी ठगी प्रकरणमा छानबिन समिति आवश्यक छैन 
रास्वपाको निष्कर्ष– सहकारी ठगी प्रकरणमा छानबिन समिति आवश्यक छैन  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ। आज बसेको रास्वपाको संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा जोडेर पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा संसदमा उठिरहेको सवालका विषयमा समेत छलफल भएको थियो। सो विषयमा छलफल गर्दै संसदीय छानबिन...
ठमेलबाट चिनियाँ नागरिक पक्राउ, ४४ लाख रुपैयाँ बरामद
ठमेलबाट चिनियाँ नागरिक पक्राउ, ४४ लाख रुपैयाँ बरामद ठमेलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा २ जना चिनियाँ र एक जना नेपाली नागरिक छन्।
पोखरा जोड्ने दुई ठूला राजमार्गमा हिलो र धुलोले सास्ती
पोखरा जोड्ने दुई ठूला राजमार्गमा हिलो र धुलोले सास्ती पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ। पोखरा–मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ।
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ। इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको हो।
सहकारीहरुले आफ्नो मूल्य मान्यता बिर्सिएका कारण समस्या आएको होः मन्त्री अधिकारी 
सहकारीहरुले आफ्नो मूल्य मान्यता बिर्सिएका कारण समस्या आएको होः मन्त्री अधिकारी  भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन्।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा आफ्नो धारणा राख्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो  नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० ले घटेर १ लाख ३४ हजार ४०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
जसपा नेपालका नेताहरुलाई सनाखत गराउँदै निर्वाचन आयोग 
जसपा नेपालका नेताहरुलाई सनाखत गराउँदै निर्वाचन आयोग  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई २१ दिनभित्र सनाखत गर्न आग्रह गरेको छ।   जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेपछि आयोगले पार्टी गठन भएको २१ दिनभित्र अर्थात् आगामी जेठ १३ गतेभित्र सनाखत गर्न आग्रह गरेको हो। 
बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु
बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए। 
उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता 
उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर स्वदेश फर्किएका छन्। 
Weather Update