News Griha :: न्यूजगृह
काठमाडौंमा वर्षा, देशभर कहाँ–कहाँ पर्दैछ पानी? 

काठमाडौं— काठमाडौं उपत्यकाका केही स्थानसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसो काठमाडौंको पश्चिम र दक्षिणी स्थानमा वर्षा भइरहेको हो। 

Prabhu Bank

विभागका अनुसार आज बिहान पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको थियो। भने विगत एक घण्टादेखि केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। त्यस्तै वर्षा हुने क्रम अझै बढ्ने विभागको प्रक्षेपण रहेको छ। 

त्यस्तै लुम्बिनी प्रदेशका धेरै स्थान र गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। आज दिनभर देशभरका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। 

लामो समयपछि आइतबारबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:२६
Weather Update