News Griha :: न्यूजगृह
नक्कली लाइसेन्स प्रकरण: यातायातका कर्मचारीसहित ६ जना पक्राउ
नक्कली लाइसेन्स प्रकरण: यातायातका कर्मचारीसहित ६ जना पक्राउ बिचौलियासँग मिलेर नक्कली लाइसेन्स बनाएर वितरण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप ६ जनालाई पक्राउ गरेको छ। यातायात व्यवस्था विभागमा लाइसेन्स प्रिन्ट गर्ने शाखाका कर्मचारीसहित ६ जनालाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले बताए।
सुन तस्करी प्रकरणमा प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस
सुन तस्करी प्रकरणमा प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस समितिले सम्बन्धित कार्यालय/विभाग मार्फत नै उनीहरूमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको हो। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले औंल्याएका विषय अध्ययन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चैत ११ मा गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालको संयोजकत्वमा डीआईजी भीमप्रसाद ढकाल र गृहकै उपसचिव रामबहादुर शाही सम्मिलित...
जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने
जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन्।मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिएका छन्।दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष...
जुम्लामा भीरबाट लडेर ७० भेडा मरे, ३१ बेपत्ता
जुम्लामा भीरबाट लडेर ७० भेडा मरे, ३१ बेपत्ता मगे र सिउल दाजुभाइ हुन्। अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरूका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेका ७० भेडा भेटिएका छन्। ३१ भेडा बेपत्ता छन्।
नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमीको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र बागमती प्रदेश-०२-०४४ प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 
सुनिता डंगोलको आग्रह- सीप सिकेर स्वदेश मै काम गर्छु भन्ने सोच बनाउनुहोला
सुनिता डंगोलको आग्रह- सीप सिकेर स्वदेश मै काम गर्छु भन्ने सोच बनाउनुहोला सीप सिकेर स्वदेशमा काम गर्छु। नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रशिक्षार्थीहरूलाई आग्रह गरेकी छन्।सीप मेलामा चलेका कक्षाको निरीक्षण गर्ने क्रममा आज उनले प्रशिक्षार्थीसँग अपेक्षासहितको आग्रह गरेकी हुन्। उनले आज बिहान ८ बजे सुरु भएका कक्षा, तालिम सञ्चालन हुने...
इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन्।सीसीटीभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ।
पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणः सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणः सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ।गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई मंगलबार सजाय निर्धारण गरिएको हो। विशेष अदालतले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको छ।
केजरीवालले अझै पाएनन् जमानत
केजरीवालले अझै पाएनन् जमानत सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउँदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो। साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
नक्कली नोटसहित जाजरकोटबाट एक महिला पक्राउ
नक्कली नोटसहित जाजरकोटबाट एक महिला पक्राउ नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन्।
दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै
दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ।विश्व फुटबल महासंघ (फीफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो।
‘पुजार सार्की’: अन्तरजातीय प्रेम र विद्रोह
‘पुजार सार्की’: अन्तरजातीय प्रेम र विद्रोह आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।
Weather Update