News Griha :: न्यूजगृह
नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

नुवाकोट— नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्।

देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमीको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र बागमती प्रदेश-०२-०४४ प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

Prabhu Bank

दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको प्रहरीको भनाइ छ।

घाइते दुई जनालाई उपचारका लागि काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:१६
Weather Update