News Griha :: न्यूजगृह
केजरीवालले अझै पाएनन् जमानत

काठमाडौं— भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ।

सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउँदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो। साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

Prabhu Bank

सर्वोच्चका न्यायाधीशले यस विषयमा थप बहस मे ९ मा हुने र समय नपुगेमा अर्को साताको तारिख दिने बताएका छन्।

अर्कोतर्फ, दिल्लीको राउज एभिन्यू अदालतले पनि केजरीवालको न्यायिक हिरासत मे २० सम्म बढाएको छ। अप्रिल २३ मा अदालतले अरविन्द केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको थियो।

मार्च २१ मा केजरीवालको गिरफ्तारी पछि, उनी मार्च २२ मा राउज एभिन्यू अदालतमा हाजिर भए, जहाँबाट उनलाई मार्च २८ सम्म ईडी रिमाण्डमा पठाइएको थियो। उनी अप्रिल १ देखि तिहाड जेलमा छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:२७
Weather Update