News Griha :: न्यूजगृह
इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं— इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन्।

सीसीटीभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ।

Prabhu Bank

उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ। उनले पछाडि झोला बोकेकी छन्। 

उनको फोन पनि स्विच अफ रहेको परिवारले जनाएको छ। स्विच अफ हुँदा उनको फोन एअरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो।आमाबाबुले छोरी खोज्न आग्रह गरिरहेका छन्।

फेला परेमा प्रहरीलाई वा ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:४८
Weather Update