News Griha :: न्यूजगृह
नक्कली लाइसेन्स प्रकरण: यातायातका कर्मचारीसहित ६ जना पक्राउ

काठमाडौं— बिचौलियासँग मिलेर नक्कली लाइसेन्स बनाएर वितरण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप ६ जनालाई पक्राउ गरेको छ।

यातायात व्यवस्था विभागमा लाइसेन्स प्रिन्ट गर्ने शाखाका कर्मचारीसहित ६ जनालाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले बताए।

Prabhu Bank

पक्राउ पर्नेमा यातायात व्यवस्था विभागको प्रिन्ट शाखामा कार्यरत बिर्जुकुमार चौधरी, आईटी शाखाका पूर्वकर्मचारी बसन्त पाण्डे, लजारस सुनार र मिलन बास्तोला छन्। 

यातायात व्यवस्था विभागबाट वितरण भएको १ लाख २ हजार नक्कली लाइसेन्सबारे सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि सीआईबीले सुरज प्रकाश अर्याल, हरिश भट्ट  र नारायण प्रसाद पाण्डेलाई पक्राउ गरेका थियो। 

लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २०:११
Weather Update