News Griha :: न्यूजगृह
जुम्लामा भीरबाट लडेर ७० भेडा मरे, ३१ बेपत्ता
प्रतीकात्मक तस्बिर।

जुम्ला— जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर  ७० भेडा मरेका छन्। स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गएराति भीरबाट लडेर मरेका हुन्।

मगे र सिउल दाजुभाइ हुन्। अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरूका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेका ७० भेडा भेटिएका छन्। ३१ भेडा बेपत्ता छन्।

Prabhu Bank

गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाइ घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन्। 

पीडित भेडा रावत दाजुभाइलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:३७
Weather Update