News Griha :: न्यूजगृह
दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं— दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ।

विश्व फुटबल महासंघ (फीफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो।

Prabhu Bank

यसअघि रङ्गशालाको अवस्था राम्रो नभएको एएफसीका प्रतिनिधिको प्रतिवेदनपछि नेपालले बहराइनबीचको खेल दशरथ रङ्गशालामा हुन नसकेपछि नेपालले होम र अवे खेल बहराइनमै खेलेको थियो।

एन्फा र एएफसीले रङ्गशालाको भौतिक संरचना र पिचमा प्रश्न उठाएका छन्। साथै राति हुने खेलमा फ्लडलाइटको विषयमा समेत प्रश्न उठाएका छन्। 

एन्फा र एएफसीले पत्र लेख्दै रङ्गशालाको भौतिक अवस्था सुधार गर्न पत्र लेखेका थिए। यसपछि खेलकुद मन्त्रालयले चासो देखाउँदै सरोकारवालाको बैठक बोलाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:०६
Weather Update