News Griha :: न्यूजगृह
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
बीबीसी

काठमाडौं— इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ। इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको हो।

रफाहमा ठूलो सङ्ख्यामा शरणार्थीहरू छन्। उनीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ। इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ।

Prabhu Bank

एकातिर रफाहमाथि हमला भइरहेको छ भने अर्कोतर्फ इजरायलले हमासको युद्धविराम सम्झौतालाई स्वीकार गर्न अस्वीकार गर्दै सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ।
इजरायलले हमासले गरेको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको बताएको छ।

अर्कोतर्फ हमासले स्वीकार गर्ने प्रस्ताव इजिप्ट र कतारले मध्यस्थता गरेको थियो। यद्यपि यस युद्धविराम प्रस्तावका सर्त र शर्तहरूबारे कुनै जानकारी आएको छैन। यो सम्झौतामा इजरायली बन्दीहरूको रिहाईको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:५६
Weather Update