News Griha :: न्यूजगृह
बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्थ, काठमाडौं ल्याइँदै 
फाइल तस्बिर

काठमाडौं— बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ।  

मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि त्यसतर्फ जाने क्रममा अस्वस्थ भएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ। 

ब्लड प्रेसर लो र अक्सिजनको मात्रा कमी भएको हो। 

कार्यक्रम स्थलतर्फ जाने क्रममा बिच बाटोमै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो। 

उनलाई नर्भिक अस्पतालमा उपचारका लागि ल्याउन लागिएको बताइएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:१३
Weather Update